नवनियुक्त अर्थमन्त्री महतको पहिलो निर्णयः नगद प्रवाह योजना तर्जुमा समिति बनाउने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतले नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका छन् ।

शुक्रबार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पुगेर पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको नगद प्रवाहको विषयमा विश्लेषण गर्न नगद प्रवाह योजना तर्जुमा समिति बनाउने निर्णय गरेका हुन् ।

उनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को व्यवस्था अनुसार नगद प्रवाह योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन् ।

साथै, उनले अहिले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरेका छन् ।

‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ, समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स