काठमाडौं । आज साँझसम्म सम्भवतः प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रिमण्डलमा सर्वाधिक चासोको रुपमा हेर्ने गरेको अर्थ मन्त्रालयमा डा.प्रकाशशरण महत बन्ने लगभग निश्चित जस्तै भएको छ । अर्थमन्त्री आफूले पाउनु पर्ने भन्दै दवाव सिर्जना गरिरहेका पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्रालय दिने सहमति भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्थमन्त्री डा. महतलाई बनाउन सिफारिस गरिसकेको उच्च स्रोतको भनाइ छ।
डा.प्रकाशशरण महत अर्थमन्त्री, काँग्रेसलाई ८ मन्त्रालय अन्यलाई कुन कुन ?
नेपाली कांग्रेसबाट दीपक खड्का ऊर्जा मन्त्री बन्ने भएका छन् । अन्य मन्त्रीहरुको टुंगो लगाउन बाँकी छ । हिजो बसेको छलफलमा सहमति जुट्न नसकेपछि आज अपरान्ह ४ बजे पुनः प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । आजको बैठकमा सहमति भएमा नयाँ सरकारले तत्कालै पूर्णता पाउने जनाइएको छ ।