काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
बिहीबार, सुन प्रतितोला ८९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज भने ६ सय रूपैयाँले घटेर ८९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदी प्रतितोला ११ सय ५५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।