वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ लगाउने तयारी

काठमाडौं । अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउने भएको छ ।

यही चैत ३० गते बेलुकादेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाइने महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जवासीको सपना साकार पार्ने संकल्पअनुरुप वीरगञ्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउन लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

आर्थिक नगरी भनेर वीरगञ्ज परिचित भए पनि यहाँको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेकाले यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन परीक्षणस्वरूप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्रि बजार लगाउने तयारी गरिएको महानगर प्रमुख सिंहले बताए ।

‘व्यावसायिकरूपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजनासहित ‘रात्रि बजार’ लगाउन लागेका हौँ,’ “यसले बजार चलायमान बनाउने विश्वास लिएका छौँ ।’

महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको ‘रात्रि बजार’ मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चायको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स