नेपाल प्रहरीका ५ जना डिआईजी एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, को को छन् ?

काठमाडौं । सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरु अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका ५ जना डिआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

एआइजीमा बढुवा हुनेहरुमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली, र किरण बज्राचार्य रहेका छन् ।

हालका महानिरीक्षक धिरज प्रताप सिंह चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि यी ५ जना मध्ये १ जना प्रहरी महानिरीक्षक बन्ने छन्।

गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स