इसेवामार्फत रेमिट्यान्स पठाउनेले काठमाडौंमा यस्तो घर जित्ने मौका

काठमाडौं । इसेवा मनी ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ।

इसेवाले ६ महिनाअघि ‘मेरो डिजिटल देश’ अभियान सुरुआत गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन्।

कम्पनीले हालैमात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई महानुभावलाई प्रदान गर्ने घर सार्वजिनक गरेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे २ तल्लाको घर कम्पनीले बम्पर उपहारस्वरुप प्रदान गर्नेछ।

यसका साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाका लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सेवाग्राही यस अवधिमा इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन्।

घर सार्वजनिक तथा २ महिना अभियान थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नका लागि यो योजना २ महिना थप गरिएको छ। यस योजनामा आम नेपालीको उत्साहजनक सहभागीताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यस योजनाको अवधी थप गरिएको हो। साथै यसबाट धेरैभन्दा धेरै नेपालीहरु काठमाण्डौमा घर जित्ने मौकामा सहभागी समेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ।’

बम्पर उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीको भनाइ छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स