काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा उल्लेख्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ४.६८ प्रतिशतले बढेर १८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । लघुवित्तको कर्जा प्रवाह यो चालु आवको पहिलो ६ महिना पुससम्म ०.०८ प्रतिशतले घटेपनि निष्क्रिय कर्जा भने घटेको हो । चालु आवको पुससम्म लघुवित्तको कर्जा ३ खर्ब ९१ अर्ब ४४ करोडमा सीमित रहेको छ ।
२०७९ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ८२.६२ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा १७.०३ प्रतिशतले बढी हो ।
लघुवित्तले प्रवाह गरेको कर्जामध्ये कृषि क्षेत्रको कर्जामा सामान्य वृद्धि भएको छ भने घरेलु तथा लघु उद्योग क्षेत्रमा २.७१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८.९६ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूले २०७९ पुस मसान्तमा ४७.४२ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।
२०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा उल्लेख्य वृद्धि भएको छ । यो पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ३५.६२ प्रतिशतले बढेर १४ अर्ब ४० करोड पुगेको छ ।
सो मध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ७०.२२ प्रतिशतले वृद्वि भई ८ अर्ब ८७ करोड पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल कर्जा नोक्सानी व्यवस्था रकम ७.५४ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम १०.४५ प्रतिशतले बढेको थियो ।
२०७९ पुस मसान्तसम्मथोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको अनुपातमा पनि वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७९ असारको तुलनामा ३.१७ प्रतिशतले वृद्वि भई २०७९ पुस मसान्तमा ५९ अर्ब ७८ करोड पुगेको छ ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा ५२ करोड अर्थात ०.८७ प्रतिशत मात्र रहेको छ । २०७९ असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.४१ प्रतिशत रहेको थियो भने २०७८ पुस मसान्तमा यस्तो अनुपात ०.३४ प्रतिशत मात्र रहेको थियो ।
समीक्षा अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२.०३ प्रतिशतले घटेको थियो भने सक्रिय कर्जा १३.९० प्रतिशतले बढेको थियो ।
२०७९ पुस मसान्तसम्म थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा १६.८७ प्रतिशतले बढेर १ अर्ब २७ करोड पुगेको छ ।
सोमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७९ असार मसान्तको तुलनामा ४४.७७ प्रतिशतले वृद्वि भई २८ करोड पुगेको छ । गत आवको सोहि अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ११.२५ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम १.७३ प्रतिशतले घटेको थियो ।
के हो सक्रिय कर्जा ?
सामान्यतया बैंक तथा वित्तीय संस्थाहररूले लगानी गरेर समयमानै कर्जा तिर्न नसकि सुक्ष्म निगरानीमा परेका तथा भाका नाघेका कर्जालाई निष्कृय कर्जा भनिन्छ । यस कर्जा अन्तर्गत असल र सूक्ष्म निगरानी कर्जा पर्छन् ।
असल कर्जा
असल कर्जाभित्र भाका ननाघेका तथा एक महिनासम्म भाका नाघेका कर्जा र सापट, मुद्दती रसिदको धितोमा प्रवाह भएका कर्जा तथा सापट, नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैंक ऋणपत्रको धितोमा गएका कर्जा तथा सापट र पर्याप्त सुरक्षण लिई प्रति ग्राहक बढीमा १० लाखसम्म प्रवाह भएको सुनचाँदी कर्जा लगायत समावेस हुन्छन् । तर अतिरिक्त धितो सुरक्षण बापत मुद्दती रसिद वा सरकारको सुरक्षणपत्र वा राष्ट्र बैंक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्ता कर्जा तथा सापट र १० लाखभन्दा बढीको सुनचाँदी धितो कर्जालाई भने भाका नाघेको आधारमा वर्गीकरण गर्नु पर्ने व्यवस्था छ ।
त्यस्तै,राष्ट्र बैंकका अनुसार बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालू पूँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने व्यवस्था छ ।
इजाजत पत्र प्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पछि कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्ने व्यवस्था छ । त्यस्तै,चालू पूँजी प्रकृतिका कर्जाहरुमा प्राप्त हुनु पर्ने ब्याज नियमित नभएको अवस्थामा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरण गर्नु पर्ने व्यवस्था छ ।
सूक्ष्म निगरानी
महिनादेखि तीन महिनासम्म भाखा नाघेका कर्जा रसापट, नवीकरण नभई अस्थायी रुपमा भुक्तानी अवधि बढाईएका अल्पकालीन वा चालूपूँजी कर्जा, अन्य कुनै पनि बैंक वा वित्तीय संस्थामा निष्कृय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जा तथा साँवा र व्याज नियमित रुपमा भुक्तानी भए पनि लगातार दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा ‘नेटवर्थ’ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जा सूक्ष्म निगरानीभित्र पर्छन् । तर, निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुरु गरेपछि मात्र यो व्यवस्था लागू हुने कानुनी व्यवस्था गरिएको छ । त्यसैगरी,१ अर्ब वा सो भन्दा बढी रकमका सह(वित्तीयकरण कर्जामापरिणत नभएका बहु बैंकिङ्ग कर्जाहरु तथा राष्ट्र बैंकले निरीक्षण गर्दा ऋणीको नगद प्रवाह तथा परियोजना सञ्चालनको अवस्था कमजोर भएको आधारमा सूक्ष्म निगरानीमा राख्ने भनी निर्देशन दिइएका कर्जा पनि सूक्ष्म निगरानीमा पर्छन् ।
निष्कृय कर्जा
तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जारसापटलाई कमसल कर्जा अन्र्तगत राखिएको छ । त्यस्तै,छ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जारसापटलाई शंकाष्पद कर्जा मानिएको छ । त्यस्तै,एक वर्षभन्दा बढी भाखा नाघेका कर्जा÷सापटलाई खराब कर्जा अन्र्तगत वर्गिकरण गरिएको छ । त्यस्तै,ऋणीले पेश गरेको लिखित कार्य योजनामा उल्लिखित आधारहरुमा इजाजतपत्रप्राप्त संस्था विश्वस्त भई पुनरतालिकीकरण वा पुनरसंरचना गरिएका कर्जाहरुलाई पनि निष्कृय कर्जा भनिन्छ ।
यसरी गरिन्छ खराब कर्जा वर्गीकरण
सामान्यतया राष्ट्र बैंकले खराब कर्जा निम्न आधारमा वर्गिकरण गर्ने गरेको छ ।
ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा
कर्जा दुरुपयोग भएमा
ऋणी हराएमा वा गायव भएमा
परियोजनारव्यवसाय सञ्चालन हुने अवस्था नरहेमा तथा परियोजना वा व्यवसाय सञ्चालनमा नआएमा
कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेका ऋणीलाई कर्जा प्रदान गरेको अवस्थामा
प्रतीतपत्र,जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनको रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा यस्ता कर्जा पनि खराब कर्जा अन्र्तगत पर्छन् ।
चेक बाउन्स भएमा चेकमा अर्थात गलत हस्ताक्षर गरी चेक भुक्तानी नभएमा
कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया शुरु भएको १८० दिन नाघेमा वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्था भएमा पनि यस्ता कर्जा खराब कर्जा अन्र्तगत पर्छन् ।
सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसक्ने भएमा तथा खरिद वा डिस्काउन्ट गरेको बिलको भुक्तानी मितिले ९० दिनसम्म असुली नभएमा
ऋणीले एउटै मितिमा अलग अलग वित्तीय विवरण पेश गरेको अवस्थामा
क्रेडिट कार्ड कर्जा भाखा नाघेको मितिले ९० दिनभित्र अपलेखन नभएमा
टिआर कर्जा भुक्तानी गर्ने प्रयोजनको लागि प्रतीतपत्र खोल्दा उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा यस्ता कर्जा पनि खराब कर्जामा पर्छन् ।