महासंघको महासभाः तयार भयो वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको प्यानल

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा अन्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । उनले आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार भएको बताउँदै मूल प्यानल पनि तय बताए ।

चैत २८ गते हुने महासंघको महासभामा श्रेष्ठको प्यानलबाट जिल्ला/नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधानले उम्मेदवारी दिने भएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार श्रेष्ठको उद्यम व्यवसायमा लागेको ३ दशक भएको छ भने महासंघमा पनि उनले विभिन्न समितिमा बसेर दीर्घकालीन सकारात्मक असर पर्ने महत्वपूर्ण निर्णयहरू गरेका छन् ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठ हाल महासंघमा वस्तुगत तर्फका उपाध्यक्ष हुन् । योसँग महासंघमा आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् । तीनै जनाले प्यानल बनाउने कसरत गरिरहेका छन् । हाल एसोसिएट उपाध्यक्ष रहेका रामचन्द्र संघई र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ पनि प्यानल बनाउने तयारीमा छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स