राष्ट्र बैंकबाट ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी, यस्ता छन् व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७’ खारेज गरि ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेको हो। अमेरिकाको १६ औं ठूलो बैंक बैंक टाट पल्टेको सन्दर्भ पारेर नेपाल राष्ट्र बैंकले सो विनियमावली जारी गरेको हो ।

इजाजतपत्रप्राप्त संस्थाले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले आवश्यक ऋण प्रदान गरी वित्तीय स्थायित्व कायम गर्नु यो विनियमावलीको उद्देश्य रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

विनियमावली अनुसार देहायका कुनै एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाई इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले अन्तिम ऋणदाता सुविधाको लागि राष्ट्र बैंक समक्ष अनुरोध गरेमा र त्यस्तो अनुरोध राष्ट्र बैंकलाईमनासिव लागेमा समितिको निर्णयबमोजिम राष्ट्र बैंकलेअन्तिम ऋणदाता सुविधा प्रदान गर्न सक्नेछ–

(क) इजाजतपत्रप्राप्त संस्थाले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा ।

(ख) इजाजतपत्रप्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा ।

(ग) ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा ।

(घ) इजाजतपत्रप्राप्त संस्थाले प्रतिवद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा ।

(ङ) कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा ।

(च) इजाजतपत्रप्राप्त संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा ।

(छ) प्राकृतिक प्रकोपको कारण इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा ।

(ज) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्रप्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा ।

(झ) इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा ।

इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले इजाजतपत्रप्राप्त संस्था पुनरुत्थान गर्न पेश गरेको कार्ययोजना (Revival Plan) तथा इजाजतपत्रप्राप्त संस्था दीर्घकालमा सहज ढंगले संचालन हुनसक्ने (Revival Plan)) विषयमा राष्ट्र बैंक विश्वस्त भएमा मात्र इजाजतपत्रप्राप्त संस्था अन्तिम ऋणदाता सुविधाको लागि योग्य मानिने विनियमावलीमा उल्लेख छ ।

अन्तिम ऋणदाताको रूपमा उपलब्ध गराइएको ऋणको भुक्तानी अवधि राष्ट्र बैंक ऐनको दफा ४९ को उपदफा (२) को अधिनमा रही ६ महिना सम्मको हुनेछ । अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप हुने गरी प्रदान गरिनेछ ।

राष्ट्र बैंकले देहायको प्रक्रिया पूरा गरी इजाजतपत्रप्राप्त संस्थालाई अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने छ:–

इजाजतपत्रप्राप्त संस्थाको संचालक समितिले यस व्यवस्थाअन्तर्गत ऋण माग गर्नु पर्नाको कारण, आवश्यक पर्ने रकम र सोको भुक्तानी योजनासम्बन्धी निर्णय गरी राष्ट्र बैंक समक्ष अनुसूची–१ को ढाँचामा देहायको विवरण संलग्न गरी निवेदन पेश गर्नु पर्नेछः

(१) आगामी ६ महिनाको नगद प्रवाह प्रक्षेपण (पहिलो ४ हप्ताको लागि दैनिक नगद प्रवाह प्रक्षेपण र ४ हप्तापछि ६ महिनासम्म साप्ताहिक नगद प्रवाह प्रक्षेपण) ।

(२) विभिन्न समयावधिको सम्पत्ति तथा दायित्वको विवरण (Maturity Profile) (पहिलो दिन, १–७ दिन, ८–१४ दिन, १५–३० दिन, ३०–९० दिन, ९०–१२० दिन र १२० दिनभन्दा अधिक) ।

(३) निक्षेप तथा अन्य अल्पकालीन दायित्वको विवरण (आकार, प्रकार तथा समयावधिको आधारमा सूची) ।

(४) पुनरुत्थानसम्बन्धी कार्ययोजना (च्भखष्खब िएबिल) तथा अन्तिम ऋणदाता सुविधाबाट वहिर्गमन रणनीति (भ्हष्त कतचबतभनथ) ।

(५) इजाजतपत्रप्राप्त संस्थालेयस बैंक समक्ष निवेदन पेश गर्दा विनियम ६ को उप विनियम(१) बमोजिम धितो सुरक्षणको रुपमा राख्न सकिने सुरक्षणहरूको विवरण समेत पेश गर्नुपर्नेछ ।

(ख) इजाजतपत्रप्राप्त संस्थाले निवेदन पेश गर्दा अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको व्यहोरा स्वघोषणा गर्नु पर्नेछ ।

(ग) इजाजतपत्रप्राप्त संस्थाले अनुसूची–२ बमोजिमको ढाँचामा तमसुक र अनुसूची–३ को ढाँचामा प्रतिज्ञापत्र संस्थाको प्रमुख कार्यकारी अधिकृतले सहीछाप गरी राष्ट्र बैंकसमक्ष पेश गर्नु पर्नेछ ।

(घ) उपविनियम (१) को खण्ड (ग) बमोजिम तमसुक र प्रतिज्ञापत्र पेश गर्दा विनियम ६ को उप विनियम (१) बमोजिम अन्तिम ऋणदाता सुविधाअन्तर्गत प्राप्त रकमलाई खाम्ने जायजेथा र/वा सुरक्षण पेश गर्नु पर्नेछ ।

(ङ) उपविनियम (१) बमोजिम इजाजतपत्रप्राप्त संस्थालाई दिइने रकम तत्कालको आवश्यकता हेरी राष्ट्र बैंकबाट एकै पटक वा पटक/पटक गरी स्वदेशी मुद्रामा प्रवाह गरिनेछ । यस्तो सुविधा प्रदान गर्दा राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थाको निक्षेप संकलन, लाभांश वितरण, कर्जा प्रवाह, शाखा स्थापना तथा अन्य व्यावसायिक तथा प्रशासनिक क्रियाकलापमा शर्त तोक्न सक्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स