नेविसंघ काठमाडौंको अध्यक्षमा मनिष डंगोल चयन

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं जिल्लाको अध्यक्षमा मनिष डंगोललाई जिम्मेवारी दिइएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेको हो । डंगोल काठमाडौं महानगरपालिका वडा नं २६ सामाखुशीका स्थायी बासिन्दा हुन् ।

अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौंको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अध्यक्ष सम्पन्न गर्नेगरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स