जग्गाको कम मूल्यांकन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्यांकन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेशन पास गरी हिनामिना गरेको अभियोगमा वडाअध्यक्ष मैनाली विरुद्ध ९ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै आज मुद्दा दायर गरिएको हो । यस्तै आयोगले स्थानीय गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध पनि समान रु नौ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले आजै सरकारी साक्षीका रुपमा पेश गरिएको बाबा कृष्णाराम पशुफार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध रु २१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा गरेको बकपत्रमा अनुसन्धान हुँदा सरकारी साक्षीले बयानको क्रममा गलत बकपत्र गरेको पुष्टि भएकाले आजै विशेष अअदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स