राष्ट्रपति निर्वाचनको मतगणना ४ बजे सुरु, ५० सांसद भोट खसाल्नै आएनन्

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा मदतान सम्पन्न भएको छ । अबको केहि क्षणमा मतदान गणना कार्य सुर हुनेछ । राष्ट्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्।

कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । मतदाता नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको बताएकी छिन् । ५० सांसद भने राष्ट्रपति निर्वाचनमा भोट खसाल्न आएनन् ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स