एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९का लागि लाभांश घोषणा गरेको छ । आज आइतबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १४.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । सो चुक्ता पुँजीको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

५ औं वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुने गरी वितरण गर्ने निर्णय संस्थाले गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स