बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिन भनेर परिकल्पना नगर्नु : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरी सुख नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले ऋण तिर्दिन भनेर परिकल्पना समेत नगर्न भनेका हुन् ।

पछिल्लो समय बैंकको ब्याजदरका विषयलाई लिएर सर्वत्र विरोध तथा प्रदर्शन भइरहेको छ । लघुवित्त संस्थाका कर्मचारीमाथि मोसो दल्न समूह बनाउने कामले समाज विभाजित तर्फ उन्मुख भएको उनले बताए ।

व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्न समूह बनाइ विभिन्न परिपञ्च दल्ने काम गरिरहेका छन् । व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दवाव समूह बनाइ मोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे । उनले भने ‘कर्जा तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्नुस् । कर्जा रकम नेपाली दाजुभाइ दिदीबहिनीहरुले बैंकमा राखेको पैसा हो ।’

उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने बताए । मिश्रले भने ‘कर्जा दिन ढिला हुनसक्छ । त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ ।

बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरेमा तत्काल कारबाही हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स