काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले आज एक सूचना प्रकाशित गरी खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाले बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ । जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ ।
महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ । सफाइकर्मीमा ८ जनाको माग गरिएको छ । हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । पोखराबाट ५४ जनाको माग भएको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ ।
बुटवलबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । सुर्खेतबाट कुल ५४ जनाको माग भएको छ । कैलालीबाट ५३ जनाको माग आएको छ । उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरी दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।
यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने छन्। त्यस्तै, उमेर भने १८ वर्ष पूरा भई २६ वर्ष ननाघेको हुनुपर्नेछ। फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ ।
इच्छुक आवेदकले आउँदो चैत १९ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन पाइनेछ।दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ । सोही केन्द्रमा बुझाउनु पर्ने समेत सेनाले जनाएको छ ।