इन्फोडेभलपर्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । इन्फोडेभलपर्स प्रा.लि. र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच इन्फोडेभलपर्स सँग आवद्ध सहकारी संस्थाहरुले आफ्नो बैंक तथा वित्तीय संस्थाहरु मार्फत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता भएको छ।

सम्झौतापत्रमा इन्फोडेभलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सहकार्यको सम्झौतापश्चात इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्ना क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सकिने र त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंक मार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरु गर्न सकिने व्यवस्था मिलाइने छ।

उक्त सेवाहरुलाई सहकारी संस्थाहरुले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिनेछ। विद्युतीय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समूहमा बैंकिङ पहुँच पुर्याउन यस एनसीएचएल र इन्फोडेभलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुमा हाल ५५ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपीरपीएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आवद्ध छन्।

इन्फोडेभलपर्सले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, सेयर मार्केट लगायतका विभिन्न संस्थाहरुलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरु गर्न मद्दत पुर्याउँदै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स