काठमाडौं उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण देखिएको हो ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार २२६ पुगेको छ ।

देशभर थप १,४७८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स