सूर्योदय वोमी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको हालको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरी लाभांश वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड १९ लाख रहेको छ ।

साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई मिति २०७८/१२/१९ गते देखि एकीकृत वित्तीय कारोवार शुरुवात गरिएका छन् ।

एकीकृत कारोवार भएको मिति देखि दुई वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनस सेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको कम्पनीले जनाएको छ । एकीकृत कारोवार शुरुवात भएको मिति भन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश कर वापतको नियमानुसार रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स