पूर्व मन्त्री गुरुङ र न्यौपाने भष्टचारी ठहर, जनही साढे ३१ करोड बिगो असुल्ने अदालतको निर्णय

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका पूर्वमन्त्री बद्री न्यौपाने भ्रष्टाचारी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालक रहेका कांग्रेस सांसद एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङ, र पूर्वमन्त्री न्यौपानेमाथि जनही ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी सहितको मुद्दा परेको थियो ।

उनीहरुमाथि भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने भएको छ ।

उनीसहित समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र फनपार्क प्रमुख सञ्चालक रवीन्द्र गुरुङ दोषी ठहर भएको विशेष अदालतले जनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले आम जनता पार्टीका नेतासमेत रहेका पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स