डाबर नेपालद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ अनुदानस्वरुप प्रदान

काठमाडौं । डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (काठमाडौं बाल स्वास्थ्य संस्थान)लाई ३० लाख रुपैयाँ अनुदानस्वरुप प्रदान गरेको छ।

यो संस्थाले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तार गर्ने निरन्तर प्रयासमा रहेको छ। नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्याउने उद्देश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन उक्त संस्थानलाई आर्थिक सहयोग गरेको हो।

उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र डाबर नेपालका बिजनेस हेड (नेपाल र म्यानमार) एचएस बेदीले एक समारोहबीच संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा डाबर नेपालका एचआर हेड अनिल पुरी र एडमिन कन्सल्टेन्ट मन्दार शिखर ब्यानर्जीको पनि उपस्थिति थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स