काठमाडौंमा वायु प्रदुषण १० गुणा धेरै

काठमाडौं । काठमाडौंको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १० गुणा धेरै छ । अन्तरक्रियामा अध्ययनले देखाएको अवस्था उल्लेख गर्दैै युएसएड स्वच्छ हावा परियोजनाका प्रमुख भुषण तुलाधरले मृत्युका पहिला ५ कारणमध्ये वायु प्रदुषण एउटा कारण रहेको बताउनुभयो । दुषित हावाले फोक्सोलाई मात्र समस्या गर्दैन । यसमा भएका हानीकारक रसायनले क्यान्सरको जोखिम पनि देखिएको छ ।

‘काठमाडौंलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यकता देखिएको छ । यसका लागि क्षेत्रगत रुपमा र विषय विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसरी भएका अध्ययनबाट प्राप्त भएका सुझावलाई हामी नीतिमा समेटेर प्रदुषण नियन्त्रणका कार्यक्रम बनाउँछौँ ।

कार्यक्रम तर्जुमा गर्छौँ । कार्यान्वयन गर्छौँ । त्यसपछि हाम्रो काठमाडौँ स्वच्छ हावा भएको बस्न लायक सहर हुनेछ ।’ काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्नुहुन्छ, ‘प्रदुषण बढाउने हरेक व्यक्तिको भूमिका छ । म पनि प्रदुषणका लागि दोषी छु भनेर कसैले जिम्मेवारी लिँदैनन् । सबै अरुलाई देखाउने मात्र छन् ।’ आज महानगरको सभा कक्षमा शिक्षा सरोकारवाला (व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी) हरुसँग वातावरण व्यवस्थापन विभागले आयोजना गरेको स्वच्छ हावा विषयक अन्तरक्रियामा प्रवक्ता मानन्धरले यस्तो बताए।

सबैले जिम्मेवारी लिए मात्र प्रदुषण कम गराउन सकिनेमा प्रवक्ता मानन्धरको जोड छ । विद्यालयका क्रियाकलापहरुमा फोहोर व्यवस्थापनजस्ता पक्ष सञ्चालन गर्न छुट्टै संयन्त्र चाहिन्छ । प्रधानाध्यापक र शिक्षकहरुको मुख्य अध्ययन अभ्यापन गराउने हो । शिक्षा सल्लाहकार रेशु अर्यालले भन्नुभयो, विद्यालयभित्र भएका पात पतिङ्गर पक्कै पनि बालिएका होलान् । यस्ता वस्तुको व्यवस्थापन बालेर गर्नुभन्दा वातावरणीय विधि हुन सक्छन् । यतातिर विद्यालय प्रशासनको ध्यान आवश्यक छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, वायु प्रदुषण घटाउन प्रचारात्मक र प्रवर्धनात्मक कार्यक्रममा जोड दिए । प्रदुषण घटाउन राम्रा कामको प्रवर्धन र गतल प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रणाली विकास गर्नुपर्छ ।

अन्तरक्रियामा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले, वायु प्रदुषण नियन्त्रण जस्ता अभियानका रुपमा चलाउनु पर्ने कार्यक्रम शिक्षा क्षेत्रमा चलाउँदा नतिजा राम्रो हुने बताए । त्यस्तै वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, सबै खालका प्रयास गरेर भए पनि काठमाडौँलाई बस्न लायक सहर बनाउने जिम्मेवारीलाई साझा संकल्पका रुपमा अगाडि बढाउनुपर्ने बताए।

शिक्षा सरोकारवाला विच समान बुझाइ विकास गरेर सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी बालबालिकाले, भनेको कुरा नगरिने गरेको अनुभव सुनाए । ‘फोहोर छुट्याऔँ सबैले भन्नुहुन्छ, नढाँटी भन्नु त हजुरहरु कसकसका घरमा छुट्टै बाल्टिन छ ।’ उनीहरुले प्रश्न गरे । बोट विरुवामा हाल्ने औषधि पनि वायु प्रदुषणको कारण हो । बुझाइ स्पष्ट पार्दै उनीहरुले भने, ‘नत्र भए किन नगाएको त?’

अन्तरक्रियाको अन्त्यमा समूहगत छलफल गरेर शिक्षा क्षेत्र सुधारसँग प्रदुषण नियन्त्रण सम्बन्धी निचोड निकालिएको छ । विद्यालय आफैँले पनि प्रदुषण नियन्त्रणका काम गर्नुपर्छ । विद्यालय सुधार योजनामा वातावरण सुधारको विषय समेटिनु पर्छ । विद्यालयलाई प्लाष्टिकमुक्त, फोहोरमुक्त, लागू औषध दुव्र्यसन खतरामुक्त बनाउन विद्यालयहरुका लागि आचार संहिता जारी गर्नुपर्छ । यससँगै छलफलले, विद्यालयमा वायु प्रदुषणका विषयमा सम्पर्क गर्ने फोकल शिक्षकको प्रबन्ध गर्नु पर्ने, पाठ््यक्रममा भएका सैद्धान्तिक विषयहरुलाई व्यवहारिक सीपमा रुपान्तरण गर्नु पर्ने निचोड निकालिएको छ ।

महानगरले विद्यालयहरुमा ह्याप्पी फ्राइडे कार्यक्रम सञ्चालन योजना बनाएको छ । यस दिन विद्यार्थीहरुलाई सीपमुलक र व्यवहारिक क्रियाकलाप गराइनेछ ।

यस प्रकारका तालिम र सिकाइलाई दिगो बनाउनु पर्छ । तालिम धेरैले लिएका छन् । सीप धेरैले जानेका छन् । तर के सिकेको सीप र जानेको ज्ञानले व्यवहार परिवर्तनमा सहयोग गरेको छ त? महानगरका सहायक निर्देशक सानुमैयाँ महर्जन भन्नुहुन्छ, ‘महानगरले अव टिक्ने र बिक्ने सीपको प्रवर्धन गर्ने योजना बनाएको छ ।’

अन्तरक्रिया वातावरण व्यवस्थापन विभाग र जनस्वास्थ्य संस्था (एन्फो) को आयोजनामा सम्पन्न भएको हो । महानगरले यस अघि जनप्रतिनिधि, सफाईका कर्मचारी, नगर प्रहरी, सवारी चालकलाई वायु प्रदुषण कारण र नियन्त्रणका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यी निकायले विकासका काम गर्दा धुँवाधुलो नियन्त्रणका विधि नअपनाए कारण नागरिकलाई सास्ती भएको, जनजीवन कष्टकर भएको, व्यापार व्यवसाय सञ्चालन गर्न कठिन निर्माण सामाग्री र सवारीबाट उत्पादन भएको प्रदुषक तत्वमा पाइने नाइट्रोजन अक्साइड, कार्वन मोनोक्साइड, सल्फर डाइअक्साइड, नाइट्रेट सल्फर, एमोनियाँ, धातुको टुक्रा, कार्वन तथा प्लाष्टिकका टुक्रा समेत पाइएका छन् । यिनीहरु एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्ने तर कचौरा आकारको उपत्यकाबाट बाहिर जान नसक्ने भएकाले जनस्वास्थ्य र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको छ ।

वायु प्रदुषण पिएम २.५ मा मापन हुन्छ । यो भनेको धुलाका अत्यन्त मसिना कण भन्ने हो । जुन मानव कपालको व्यास भन्दा पनि साना एकाइका हुन्छन् । यस्ता कणले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छन् । विभिन्न समयमा गरिएका अध्ययनले काठमाडौँमा वायु प्रदुषणको मात्रा मापदण्डभन्दा धेरै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स