सर्वोच्च अदालतद्वारा लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न अनुमति प्रदान

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गर्नुको साथै विदेश गएर क्रिकेट खेल्न अनुमति प्रदान गरेको हो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न र विदेश जान दिने निर्णय गरेको हो।

अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स