हनुमानढोका दरबार क्षेत्रमा ठड्याइयो फागुको चीर, सुरु भयो फागु पर्व

काठमाडौं । फागुन शुक्ल अष्टमीका दिन आज बिहान वसन्तपुरस्थित हनुमानढोका दरबार अघि फागुको चीर ठड्याइएपछि विधिवत्रूपमा फागु पर्व सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान ७ः४५ बजेको साइतमा चीरोत्थान गरिएको छ ।

फागुन शुक्ल अष्टमीका दिन बिहान चीर ठ्डाएपछि उपत्यकामा फागु पर्व सुरु गर्ने परम्परा छ । हनुमानढोका दरबार क्षेत्रमा मानन्धर समूहले चीर ठड्याउने परम्परा छ ।

राजधानीलगायत पहाडी जिल्लामा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागुपर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याइएसँगै वसन्तपुरमा रंगीविरंगी रंग खेली मानिसले खुसी मनाएका थिए । फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी उक्त चीर ढालिन्छ ।

यसका लागि पनि समितिले शुभसाइत निर्धारण गरिन्छ । पूर्णिमाकाकै दिन राति चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २२ गते सोमबार र तराईका जिल्लामा फागुन २३ गते मंगलबार फागु पर्व मनाइँदै छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स