सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए ।

‘मन्त्रिपरिषद्को निर्णयअनुसार बैठकमा जान लागेकी परराष्ट्रमन्त्रीलाई निर्देशन दिएर अकारण रोकियो । हामीलाई स्वेच्छाले सरकार छाड्न लगाउने, नछाडे बिना विभागीय मन्त्री बनाउने तयारी गरियो । सार्वजनिक रूपमा नै सरकारमा हाम्रो सहभागिताबारे टिप्पणी गरेपछि हामी यो सरकारबाट अलग हुने निर्णय गरेका हौं,’ पौडेलले भने ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले सोमबार बिहान सचिवालय बैठक राखेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स