ललितपुर महानगरपालिकाका इन्टरनेट र टेलिफोनका तार ७ दिनभित्र हटाउन निर्देशन, नहटाए कारबाही गर्ने चेतावनी

काठमाडौं । ललितपुर महानगरपालिकाले अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार ७ दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दे सम्पदा क्षेत्र र पर्यटक मार्गवरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार ७ दिनभित्र नहटाए कारबाही गर्ने चेतावनी समेत दिएको छ।

सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएपछि महानगरले यस्तो बताएको हो ।

ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट सहर बनाउने अभियानलाई अव्यवस्थित तारले चुनौती थपको महानगरको भनाइ छ। ‘हाम्रो अभियानलाई चुनौती दिंदै महानगर क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल-पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले सहरलाई नै कुरुप पारेको छ’, सूचनामा भनिएको छ, ‘यसमा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’

महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित निकायहरुले आफैँ हटाउन सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स