काठमाडौं । बुधबार छापावाला सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।
मंगलबार, सुन प्रतितोला ८९ हजार २ सय रूपैयाँ कायम भएकोमा आज भने ९ सय रूपैयाँले बढेर ९० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदी प्रतितोला ११ सय ४० रूपैयाँ कायम भएकोमा आज भने २५ रूपैयाँले बढेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।