धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प बुधबार दिउँसो १ः४५ मिनेटमा गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट के कति क्षति भएको बारे जानकारी भने आउन बाँकी रहेको छ ।