बहराइन सरकारद्वारा डा.सन्दुक रुइतलाई १४ करोड रुपैयाँको ‘इशा अवार्ड’ प्रदान

काठमाडौं । बहराइन सरकारले डा.सन्दुक रुइतलाई ‘इशा अवार्ड’ प्रदान गरेको छ । मंगलबार बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ) बराबरको प्रतिष्ठित ‘इशा अवार्ड’ डा.रुइतलाई प्रदान गरेका हुन् ।

राजा हमाद बिन इशा अल खालिफाले लोकहितकारी कामका अर्थमा डा. रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताएका छन् ।

इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताए ।

नेत्र चिकित्सक डा. रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्षरपरोक्ष सेवा दिइसकेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स