टर्कीमा फेरि गयो ६.४ म्याग्निच्युडको भूकम्प

टर्की । टर्कीमा पुनःशक्तिशाली भूकम्प गएको छ । सोमबार राति सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ।

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ । साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ ।

हालसम्म टर्कीमा ४० हजार छ सय ४२ जना तथा सिरियामा पाँच हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् । टर्कीमा तीन लाख ४५ हजार भवन भत्केका छन् भने भग्नावशेषमा धेरै हराइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स