ल्होत्से मलमा ८ करोडबढीको मोबाइल चोरी

काठमाडौं । ल्होत्से मलमा ८ करोडबढीको मोबाइल चोरी भएको छ । सोमबार यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा गरेको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसलबाट ८ करोडबढीको मोबाइल चोरी भएको हो ।

नेपाल मोबाइल व्यवसायी महासंघले सोमबार लोत्से मलमा तीन ठाउँमा रहेको मोबाइल पसलमा चोरी हुँदा आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको बताएको हो ।

सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेका थिए । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

मोबाइल पसलमा लुटपाट र तोडफोडको घटना भएपछि देशभरका मोबाइल व्यवसायीहरु काठमाडौंमा एकीकृत भएका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी पनि गराउँदैछन् ।

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोंगबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स