पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको छोरी लिमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

काठमाडौं । हरेक नेपालीको मनमुटुमा बस्न सफल पूर्व अर्थमन्त्री नेकपा(एमाले)का पूर्व नेता स्वर्गीय भरतमोहन अधिकारीको छोरी लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छिन् । उनलाई रास्वपाले केन्द्रिय सदस्य बनाएको छ ।

सोमबार बसेको रास्वपा केन्द्रिय समिति बैठकले अधिकारीसहित १६ जनालाई केन्द्रिय सदस्य मनोनित गरेको हो । नेकपा(एकिकृत समाजवादी)को नेतृ समेत रहेकी उनी सोही पार्टीबाट समानुपातिक सांसदको सूचिमा समेत समावेश थिइन् ।

उनी करिब २ दशकदेखि ‘हस्पिटालिटी बिजनेस’मा छिन । परिस्थिति बने उनीलाई पहिलादेखिनै राजनीतिमा जाने मन थियो ।

राजनीतिक कार्यकता त निश्वार्थ भावनाले पार्टी र जनताको सेवामा लाग्नुपर्छ । अब राजनीति स्वच्छ हुनपर्छ, युवा पुस्ता आउनुपर्छ भन्ने मेरो ध्येय हो । सोहि कारण उनी नयाँ पार्टी प्रवेश गरेकी हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स