आन्दोलनकारीद्वारा माछापोखरीको अस्थायी प्रहरी बिटमा आगजनी

काठमाडौं । यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा आगजनी गरेका छन् । दिउँसो देखिनै ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरिरएका यातायात व्यवसायी तथा मजदुरहरुले माछापोखरीको अस्थायी प्रहरी बिटमा आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरुले केहीबेर अघि मात्र प्रहरीका दुई वटा भ्यान जलाएका थिए ।

ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आन्दोलनकारीहरुले आगो लगाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स