भोलि यातायात मजदुरले काठमाडौं उपत्यका बन्द गर्ने

काठमाडौं । यातायात मजदुरले भोलि (सोमबार) काठमाडौं उपत्यका बन्द गर्ने भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भोलि (फागुन २ गते) काठमाडौं उपत्यका बन्द गर्ने बताएका हुन् ।

नयाँ बसपार्कस्थित लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेको विरोधमा भोली काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेको उनले बताए ।

यातायात मजदुरले यातायात क्षेत्रको सुधारको लागि यातायात मन्त्रालयमा १५ दिनको अल्टिमेटम दिएर १० बुँदे माग बुझाएका थिए ।

जसको भोलि १५ दिन पुग्ने र त्यसपछि आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा मजदूरहरुबीच छलफलका लागि कार्यक्रम राखिएकोमा लोत्से मलका कर्मचारीले यातायात मजदुरमाथि आक्रमण गरेपछि भोली काठमाडौं उपत्यका बन्दको घोषणा गरिएको हो ।

अहिले यातायात मजदुरले बालाजु क्षेत्रमा सवारी साधन तेर्साएर सडक अवरुद्ध गरेका छन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स