ताप्लेजुङको ओलाङचुंगोलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुंगोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुंगोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।

ओलाङचुंगोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ-७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए । ओलाङचुंगोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स