एमडिएमएस तत्काल लागू गर्न नेपाल मोबाइल वितरक संघको माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्काल लागू गर्न माग गरेको छ । संघले बुधबार एक पत्रकार सम्मेलन गरेर एमडिएमएस तत्काल लागू गर्न माग गरेको हो ।

एमडिएमएस लागू गर्न नेपाल दुर संचार प्राधिकरण तथा सम्बन्धित निकायहरूसँग धेरै पटकको छलफल तथा गृहकार्य भइसकेको संघले बताएको छ । नेपाल दुर संचार प्राधिकरणले झन्डै एक अर्बको लगानीमा पाँच वर्षको निरन्तर प्रयासपछि गत पुष १५ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने निर्णय गरेको थियो । तर, वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरुले ल्याउने वा पठाउने फोन नेपालमा चल्दैन भन्ने जस्ता अफबाह र नो रेमिटेन्सको कुरा आएको भन्दै प्रधानमन्त्री पुष्प कमल दाहालको निर्देशनमा स्थगित भएको थियो ।

त्यस्तै, भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार बढ्दै गएको संघले बताएको छ । वैधानिकरुपमा कर तिरेर कारोबार गर्ने व्यवसायीको बिक्री वितरणमा व्यापक गिरावट आएको बताएका छन् । संघले कम मार्जिन हुने व्यापार घट्न गएपछि मोबाईल व्यवसायीहरु पलायन हुन थालेको अवस्था बताएको छ ।

नेपालमा वार्षिक ३८ अर्बदेखि ४० अर्ब रुपैयाँको मोबाईल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भैरहेको छ भने झन्डै १४ अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्र्याईका फोनहरुको कारोबार भएको संघको दावी छ ।

यसरी अवैध रुपमा भइरहेको मोबाईल फोनको कारोबारले नेपाल सरकारले झण्डै वार्षिक दुई अर्बको हाराहारीमा राजस्व गुमाइरहेको समेत जानकारी दिइरहेको छ । फोनहरु रिफर्बिस, डुप्लिकेट तथा चौरिका फोनहरु समेत पर्ने हुँदा भोलि बिक्रि पछिको वारेन्टी नहुने, पार्ट्स नपाउने तथा चोरिका फोनले कानुनी झमेला समेत आउन सक्ने हुँदा उपभोक्ता ठगी पर्ने सम्भावना झन बढेको संघको गुनासो रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स