वागमती प्रदेशमा फागुन १ गतेदेखि ७० प्रतिशत अंक ल्याए ट्रायल पास हुने

काठमाडौं । वागमती प्रदेशले सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेले आगामी फागुन १ गतेदेखि वागमती प्रदेशमा ७० प्रतिशत अंक ल्याए ट्रायल पास हुने व्यवस्था कार्यान्वयनमा आउने बताएका हुन् ।

यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार परेर प्रदेशलाई पठाए पनि प्रदेश भने तयार भएको थिएन ।

अब भने निर्देशिका जारी भएको झन्डै दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागु भएको हो । अब सामान्य गल्तीमा सेवाग्राही फेल नहुने भएका छन् ।

योसँगै अब बागमती प्रदेशका सबै यातायात कार्यालयमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा सामान्य गल्तीले फेल हुने छैनन्।

योसँगै, अब फागुन १ गतेदेखि सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिने सेवाग्राहीले ट्रायल पास हुन ७० अंक ल्याउनुपर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स