काठमाडौं । सोमबार छापावाला सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
आइतबार, सुन प्रतितोला ८९ हजार १ सय रूपैयाँ कायम भएकोमा आज भने २ सय रूपैयाँले घटेर ८८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदी प्रतितोला ११ सय ५० रूपैयाँ कायम भएकोमा आज भने १५ रूपैयाँले घटेर ११ सय ३५ रूपैयाँ कायम भएको छ ।