पोखरामा गरे एक व्यक्तिले आत्मदाह प्रयास, आगो निभ्याउन जाँदा घरबेटीपनि घाइते

पोखरा । पोखरामा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । पोखराको काहुँखोला-१३ मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्ण बहादुर क्षेत्रीले आफ्नै शरीरमा आगो लगाएका हुन् । क्षेत्रीले जिउमा आगो लगाएपछि घरधनी महिलाले बचाउन खोज्दा उनीसमेत घाइते भएकी छिन् ।

घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स