राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने भनेका छन् । उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरस पालना गर्नुपर्ने बताए ।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।

‘एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– ‘यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन ।’ उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंलाए । एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स