आइक्यानको नवौं परिषद्ले चुन्यो युद्धराज ओलीलाई अध्यक्षमा

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए । कुल १७ सदस्यीय परिषद हाल १४ सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ ।

नवौं परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् भने सदस्यमा चार्टर्ड एकाउन्टेन्टकोतर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए । आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ ।

चार परिषद् सदस्य हुने दर्तावाला लेखापरीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शंकर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताए । यसका लागि आइक्यान जस्तो संस्थाले संस्थागतरूपमै पनि सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनलाई सहयोग पु¥याउने उनकोे भनाइ थियो ।

आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ । महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले नयाँ नेतृत्वले लेखा व्यवसयालई अझै मर्यादित र प्रतिस्पर्धी बनाउनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष ओलीले पछिल्लो समय सूचना प्रविधिको उपयोगबाट लेखापरीक्षण व्यवसायमा व्यापक परिवर्तन आएकाले हामीले पनि यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको आइक्यानले कोरोना महामारीकै बेला पेशागत हकहितको सुरक्षा र प्रवद्र्धनलगायत काम गरेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स