बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प, एक घर भत्कियो

काठमाडौं । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प गएको छ । जाँदा एक घर भत्किएको छ । मंगलबार दिउँसो २ः४१ मिनेटको आसपासमा ५.९ म्‍याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्प बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्किएको छ ।

भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ । भूकम्पपछि मानिसहरु घर बाहिर निस्केका छन् ।

मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स