काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले माघ १५ गते तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
माघ १४ गते शनिबार र माघ १५ गते (आइतबार) सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ ।
यी दिन सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएका छन् ।
नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ ।