नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । बहुमतको आधारमा उनलाई सभामुख पदमा निर्वाचित भएको संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स