यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको र उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको बताए ।

पौडेलले सरकारका प्रवक्तामा सूचना तथा सञ्चार मन्त्री रेखा शर्मालाई तोकिएको छ ।

त्यसैगरी बैठकले दुईजना सचिवको पनि सरुवा गरेको छ ।

त्यस्तै बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स