काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना संक्रमित थपिएको हो ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४४४ पुगेको छ ।
देशभर १,५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।