भोलि शोक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले भोलि (सोमबार) शोक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यती एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुख जनाउँदै राष्ट्रिय शोक घोषणा गरेको हो ।

विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स