राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक बने बागमती प्रदेशसभाको सभामुख

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनकुमार पाठक बागमती प्रदेशसभाको सभामुखमा निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन् ।

बैठकमा कूल एक सय १० जना सदस्यमध्ये एक सय नौ जना सदस्य उपस्थित थिए। जसमध्ये पाठकले ६२ मत प्राप्त गरेका र नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गरेका छन् । सोही निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैजुले तीन मत प्राप्त गरेकी थिईन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स