दशैंको मुखमा १४ सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य १ हजार ४ सय रूपैयाँले घटेको छ ।

बिहीबार, सुन प्रतितोला ९० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज भने १४ सय रूपैयाँले घटेर ८९ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदी प्रतितोला १२ सय रूपैयाँ कायम भएकोमा आज भने ३० रूपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स