इकोनोमिक मिडिया सोसाइटीमा नयाँ कार्यसमिति चयन

काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)मा नयाँ कार्यसमिति चुनिएको छ । शुक्रबार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी उपाध्यक्षद्वयमा बिजशाला डटकमका सोमनाथ बास्तोला र बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका विष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी चयन भएका छन् ।

इम्सन सदस्यमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुभद्रा थापा सर्वसम्मत चयन भएका छन् ।

आर्थिक मिडियाहरूको व्यावसायिक विकास र दक्षता वृद्धिका लागि ६ वर्षअघि स्थापना भएको इम्सनले विभिन्न आर्थिक विषयमा बहस सञ्चालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ । हाल इम्सनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडिया आबद्ध छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स