पुस २७ गते सार्वजनिक बिदा दिइने

काठमाडौं । पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सरकारले पुस २७ गते पृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै पुस २७ गते सार्वजनिक बिदा दिने भएको बताएका हुन् ।

हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको र झकझक्याउने दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाईने गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स